जापानमा नेपालीको संख्या १ लाख २५ हजार बढी

जापान - जापानमा नेपालीहरूको संख्या १ लाख २५ हजार बढी रहेको नयाँ तथ्याङ्कले देखाएको छ । सन् २०२२ को जुन महिनासम्म रहेका नेपालीको संख्या १ लाख २५ हजार ७९८ पुगेको जापान सरकारको नयाँ तथ्याङ्कले देखाएको हो।
सार्वजनिक नयाँ तथ्याङ्कअनुसार सन् २०१२ को जुनको अन्त्यमा जापानमा २४ हजार ७१ जना नेपाली रहेकोमा १० बर्षमा एक लाख भन्दा बढीले नेपालीको संख्या बढेको हो । सबैभन्दा बढी डिपेन्डेन्ट भिसामा ३७ हजार ८८२ जना छन् ।
दोस्रो स्थानमा विद्यार्थी भिसामा ३२ हजार ३३६ नेपाली रहेका छन् भनें तेस्रो स्थानमा रहेका विश्वविद्यालय उत्तीर्ण गरेर रोजगार भिसामा रहेका र नेपालबाट पढाइ सकि काम गर्ने भिसामा आएका २४ हजार १२७ जना छन् ।
बाँकी व्यवसायिक भिसा,लामो समय जापान बस्ने भिसालगायत अन्य भिसामा बस्नेको संख्या छ । पछिल्लो समय जापानी कामदारको माझमा नेपाली कामदारको माग पनि बढ्न थालेको छ ।
नेपाली विद्यार्थीको रोजाइमा पनि जापान पर्ने भएकोले नेपालीको संख्या बढ्ने अनुमान पनि गर्न सकिन्छ । जापान सुरक्षित, राम्रो कमाइ,काम पाउन सजिलो, कामदारको सम्मान गर्ने देश भएका कारण नेपाली कामदारको रोजाइमा छ ।

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

प्रतिक्रिया