मलयाली अभिनेता पृथ्वीराजको ‘खलिफा’ नेपालमा सुटिङ हुने

काठमाडौँ - मलयाली अभिनेता पृथ्वीराज सुकुमारनको फिल्म ‘खलिफा’ नेपालमा पनि सुटिङ हुने भएको छ । भारतीय मिडियामा आएको समाचारअनुसार थ्रिलर श्रेणीको यो फिल्मको केरला र दुबईसँगै नेपालमा पनि सुटिङ हुने भएको हो । निर्माण टिमले ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको सुटिङ चाँडै नै सुरु गर्ने जनाएको छ । निर्माण टिमले फिल्मका लागि नेपालको लोकेसन तय गरिसकेको छ ।
निर्माण टिमले केही दिनअघि ४० औँ जन्मदिन मनाएका पृथ्वीराजको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टरसँगै बाँकी जानकारी सार्वजनिक गरेको थियो । यो फिल्मलाई भ्यसाखले निर्देशन गर्दैछन् जसले १० वर्षअघि पृथ्वीराजलाई नै लिएर ‘पोकरी राजा’ बनाएका थिए । बक्स अफिसमा यो फिल्म सुपरहिट मानिएको थियो ।
केही दिनअघि तेलगु फिल्म ‘गडफादर’ पनि नेपालमा सुटिङ गर्ने चर्चा चलेको थियो । निर्माण टिम नेपालमा लोकेसन हेर्न पनि आएको थियो तर लोकेसन चित्त नबुझेपछि फर्किएको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया