हिरोइनको खोजीमा ‘प्रसाद २’

काठमाडौँ - सूत्रका अनुसार हिरो विपिन कार्कीसँगको विवाद टुंग्याएर सुटिङमा निस्किन लागेको फिल्म ‘प्रसाद २’लाई हिरोइन खोज्ने आपत आइलागेको छ । पहिले खेल्ने सहमति गरेर सुटिङ सेटमा पुगेकी नम्रता श्रेष्ठ नयाँ सेड्युलका लागि उपलब्ध नहुने भएपछि निर्माण टिम नयाँ हिरोइनको खोजीमा लागेको हो ।
पहिलो भागमा रहेकी नम्रता नयाँ फिल्मको सुटिङसमेत अड्काएर बसेकी छिन् । उनको महत्वपूर्ण भूमिका रहेको ‘ग्रहण’को दसैँअघि नै सुटिङ हुने कुरा थियो तर नम्रताले औँलो सड्काएपछि यो फिल्मको पनि सुटिङ थाँती रहेको छ । तर यही फिल्मको कारण देखाउँदै नम्रताले ‘प्रसाद २’का लागि समय नदिने बताएपछि निर्माण टिम नयाँ हिरोइनको खोजीमा लागेको हो ।
नम्रताले यसअघिकै सुटिङमा निर्माण टिमलाई खासै सहयोग नगरेको चर्चा थियो । यही कारण निर्माण टिमले उनको ठाउँमा सुरक्षा पन्तलाई लिन चाहेको थियो । तर नम्रतासँग कुरा मिलेपछि सुरक्षासँगको च्याप्टर क्लोज भएको थियो । अहिले नयाँ सेड्युलमा नम्रताको समस्या बल्झिएपछि निर्माण टिम नयाँ हिरोइन खोज्न बाध्य भएको हो । निर्माता निकट सूत्रका अनुसार निर्माण टिमले यो चोटि नम्रताको ठाउँमा ऋचा शर्मा लिन चाहेको थियो ।
यसका लागि एक चरण कुरा पनि भएको थियो र ऋचा फिल्म गर्न इच्छुक पनि थिइन् तर ऋचाले पनि हात झिकिन् । सूत्रका अनुसार अर्पण थापासँग स्क्रिन सेयर गर्नुपर्ने भएपछि ऋचा हच्किएकी हुन् । कुनै समय मिलेर थुपै्र फिल्म बनाउने र खेल्ने गरेका अर्पण र ऋचाबीच ‘सुनकेशरी’पछि हार्दिक सम्बन्ध छैन ।
ऋचासँग कुरा नमिलेपछि अहिले निर्माण टिमले केकी अधिकारीसँग कुरा अगाडि बढाइरहेको छ । केकीको सेड्युल मिलेमा ‘प्रसाद २’मा उनी नै हिरोइन हुने सम्भावना रहेको निर्माण निकट स्रोत बताउँछ । यो फिल्म मंसिर ७ गते फ्लोरमा जाने चर्चा छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया