सत्तारूढ गठबन्धनको चुनावी अभियान तीव्र, काठमाडौँ २ पछि ललितपुरमा संयुक्त कार्यक्रम

काठमाडौँ- सत्तारूढ गठबन्धनमा आबद्ध तीन दलले काठमाडौँ उपत्यकामा चुनावी अभियान तीव्र पारेका छन् । सोमबार काठमाडौँ २ मा संयुक्त चुनावी अभियान र उम्मेदवार परिचयात्मक अभियान गरेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले सम्बोधन गरेका थिए । काठमाडौँ २ मा गठबन्धनको साझा उम्मेदवार माओवादीकी ओनसरी घर्ती छिन् ।
ललितपुर स्तरीय लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई मंगलबार तीनवटै पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री देउवाले आमजनतालाई माओवादी र एकीकृत समाजवादी भनेर विभेद नगर्न आह्वान गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘हँसिया हथौडामै मत हाल्दैछु। संविधान र लोकतन्त्र जोगाउन हँसिया हथौडा र कलमका साथीहरूले रुखमा र रुखका साथीहरूले हँसिया हथौडा र कलममा मत हाल्नुस्,’ उनले भने ।
देउवाले मध्यराति राष्ट्रपतिलाई उठाएर संसद् भंग गरिएको बताए । उनले अहिले पनि देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयास भइरहेको भन्दै चुनावपछि पनि गठबन्धन कायमै हुने स्पष्ट पारे ।
माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन भाँड्न केही तत्व लागिपरेको भन्दै गठबन्धन अझ मजबुत हुने उल्लेख गरे । उनले गठबन्धनका साझा उम्मेदवारप्रति विश्वास र भरोसा गर्न आग्रह गरे ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् । उनले एमालेले गरेको गठबन्धन अप्राकृतिक र अपवित्र भएको दाबीसमेत गरे ।
भेलामा ललितपुर १, २ र ३ का गठबन्धनका प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारको परिचय गराइएको थियो । ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणा, २ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा माओवादीकी पम्फा भुसाल प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया