सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

रौतहटमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

रौतहट - रौतहटको फतुवा बिजयपुर नगरपालिका–११ हिमाली बासमा हिजो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ७३ वर्षीया गौरी मैनाली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिरगञ्जस्थित नेशनल मेडिकलमा साँझ ६ बजे मृत्यु भएको हो । 

मेरिगोल्ड बोर्डिङ स्कुलको ना ३ ख २४४९ नम्बरको बसले पैदल हिडिरहेकी उनलाई हिजो अपरान्ह साढे ४ बजे ठक्कर दिएको थियो। बससहित चलकलाई प्रहरी चौकी दुधिअवा रौतहटले नियन्त्रणमा लिएको छ ।