शुक्रबारदेखि ‘२ नम्बरी’ हलमा नयाँ भर्सनमा

काठमाडौँ- असोजको २१ गतेबाट रिलिज भैरहेको र बक्स अफिसमा सुखद व्यापार गरिरहेको फिल्म ‘२ नम्बरी’लाई दर्शकले शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न पाउने भएका छन् ।
२ घन्टा ७ मिनेट लामो फिल्मलाई निर्माणपक्षले करिब ५ मिनेट भन्दा बढी काटछाट गरेको छ । निर्माता नेपालीले भने–‘हामीले शुक्रबारदेखि फिल्मलाई हलमा नयाँ भर्सनमा पठाउँदैछौं । फिल्मको समय केही घटाएका छौं । साउन्डमा पनि परिवर्तन गरिएको छ ।’
२ साता दर्शकले यो फिल्मलाई उल्लेख्य रुपमा साथ दिएका छन् । निर्माता नेपाली मुनाफामा गैसकेका छन् । अब, तिहारको अवसरमा पनि फिल्मले राम्रो व्यापार गर्ने निर्माताको आशा छ । हिजो परेको सार्वजनिक बिदाको दिनमा पनि फिल्मलाई सुखद कमाई गर्यो ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङको मुख्य भूमिका छ । नयाँ भर्सनमा फिल्म हलमा लागेपछि दर्शकलाई अझै मन पर्ने विश्वास निर्देशक लामाको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया