सुर्खेतमा फिल्म बुझाउँदै ‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारी

काठमाडौँ - ‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारीले सुर्खेतमा फिल्मकर्मीलाई मास्टरक्लास दिने भएका छन् । सुजितले ११ औँ संस्करणको नेपाल युरोपियन फिल्म महोत्सवमा अन्तिम दिन फिल्ममेकिङ सम्बन्धी क्लास दिने भएका हुन् ।
नेपाल युरोपियन फिल्म फेस्टिभलको ११ औँ संस्करण यो पटक काठमाडौँसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । सुर्खेतको मध्यपश्चिम विश्व विद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा ५ युरोपियन र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने ३ नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव कात्तिक १९ गते सुरु भएर २२ गते सकिनेछ ।
मास्टरक्लासमा आफ्नो अनुभव बाँड्न उत्साहित सुजितले महोत्सवको अन्तिम दिन फिल्ममेकिङ सम्बन्धी आफ्नो ज्ञान बाँड्नेछन् । सुजितले कात्तिक २२ गतेको पहिलो प्रहरमा नै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी गराए । उनले भने, ‘मास्टरक्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रुपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृश्यमा रुपान्तरण गर्ने प्रक्रियाको बारेमा आफ्नो अनुभव बाँड्नेछु ।’
अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक सुजितले मास्टरक्लासको दौरानमा सर्ट फिल्म देखाउँदै अन्तक्र्रिया अगाडि बढाउने बताएका छन् । यो दौरानमा सुजितले आफू स्वयम् निर्देशित ‘सावित्री’सँगै विश्व प्रसिद्ध सर्ट फिल्म पनि देखाउने जानकारी गराए । नेपाल युरोपियन फिल्म महोत्सवको ११ औँ संस्करण काठमाडौँमा भौतिक रुपमा कात्तिक ११ देखि १५ गतेसम्म चलचित्र विकास बोर्डको हलमा चल्दैछ भने अनलाइनमा अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म हेर्न पाइनेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया