‘नाइँ नभन्नू ल ६’ फ्लोरमा, निखिल–सञ्चिता पुत्र अथर्वको डेब्यू

काठमाडौँ - ‘नाइँ नभन्नू ल ६’ बिहीबारदेखि फ्लोरमा निस्किएको छ । काठमाडौँको सुन्धारा मल स्थित डाडुपन्यू रेष्टुरेन्टबाट निर्देशक विकासराज आचार्यलाई फिल्मको सुटिङ सुरु गरेका हुन् । पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काले फिल्मका लागि सट दिए । अथर्व लुइँटेल अभिनेत्री निखिल उप्रती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा हुन् ।
दसैँ तिहारको बिदाको मौका छोपी फिल्मको सुटिङ सुरु गरिएको हो । तिहारअघिको सेड्युलमा बाल कलाकार सम्मिलित सुटिङ सक्ने निर्माण टिमको लक्ष्य छ । फिल्ममा केमियो गरिरहेका अनुभव रेग्मीले यही बीचमा आफ्नो भागको सुटिङ सक्नेछन् ।
यो फिल्मबाट मुख्य अभिनेतामा आशिर्वाद क्षेत्रीले पनि डेब्यू गर्दैछन् । नृत्यमा राम्रो दख्खल राख्ने आशिर्वाद फिल्ममा आँचल शर्माको अपोजिटमा देखिनेछन् ।
फिल्मको सुटिङ काठमाडौँबाहेक झापामा पनि हुनेछ । काठमाडौँमा बाल कलाकारको सुटिङ सकेपछि तिहार लगत्तै युनिट झापा प्रस्थान गर्नेछ ।
विकास आचार्यको निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया