त्रिदेशीय टी-ट्वान्टी क्रिकेट: नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य

काठमाडौं : त्रिदेशीय टी–ट्वान्टी क्रिकेटमा नेपालले नेदरल्याड्स्लाई २०७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिमेत मैदानमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको हो । नेपालको तर्फबाट कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए । उनले ४६ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै उपकप्तान दिपेन्द्रसिंह ऐरीले ६० रन बनाए । उनले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गरे । त्यसपछि सोमपाल कामीले २१, ज्ञानेन्द्र मल्लले २०, कुशल मल्ल्ले १८ रनको योगदान गरे । विनोद भण्डारी ७, करण केसी १ बनाए । आशिफ शेख भने शून्य रनमा आउट भए ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया