कोभिड-१९ संक्रमणले पूर्वराजा अचम्मित
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै उनीहरू आश्चर्यमा परेका छन् । स्वास्थ्य मन्त्रालय निकट स्रोतले उनलाई कोभिड-१९ भएको पुष्टि गरेको हो । आइतबार दिल्लीबाट काठमाडौँ फर्कदासम्म कोभिड-१९ संक्रमण थिएन । संक्रमण नभएकै कारण उनी प्लेनमा आउन पाएका हुन ।
भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी हुनु अघि र सहभागी भएपछिको दुवै परीक्षणमा पूर्वराजालाई कोभिड-१९ सकारात्मक देखिएको थिएन । उनी दिल्लीबाट काठमाडौँ ओर्लेपछि पुनः परीक्षण गरेका थिए । र, त्यसमा उनको कोभिड सकारात्मक देखिएको हो ।
पूर्वराजाको सम्पर्कमा रहेकालाई उनको सचिवालयले सुरक्षित रहनसमेत आग्रह गरेका छन् । पूर्वराजा स्वदेश फर्केपछि उनलाई ठूलो भिडले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थालमा स्वागत गरेको थियो । त्यहाँ पूर्वराजा निकै भावुक बनेका थिए ।
पूर्वराजालाई विमानमा वा त्यही भिडमा कोभिड संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उनको सचिवालय अनुसार पूर्वराजालाई कुम्भ मेलामा नै सरेको भए पनि भारतमा रहँदा सम्म त्यो देखा पर्ने अवस्थामा नरहेको र नेपाल आएपछि देखिएको हुन सक्ने अनुमान समेत लगाइएकाे छ । पूर्व राजा स्वय पनि कसरी आफूलाई संक्रमण भयाे अचिम्त भएका छन् ।
शनिबार दिल्लीमा उनको पीसीआर परीक्षणमा गर्दा नेगेटिभ देखिएको थियो । तर उनले नेपाल आएपछि सोमबार पुनः परीक्षणको लागि स्वाव दिएका थिए । जसको रिपोर्ट पोजिटिभ आएको हो । पोजिटिभ आए पनि स्वास्थ्य अवस्था सामान्य नै रहेको एक अधिकारीले जानकारी दिए ।

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

प्रतिक्रिया