ओलीको हठले नेकपा टुक्रिएकाे हाे : माधव नेपाल

बुटवल- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको हठले नेकपा टुक्रिएको बताएका छन् । बहुमतको निर्णय नमान्ने तानाशाही ओलीले संविधान कुल्चिएर अराजकता मच्चाएको आराेप नेपालले लगाए ।
गठबन्धन दलले शुक्रबार रुपन्देहीमा आयोजना गरेको प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीको कडा आलोचना गरेका थिए ।
एमालेबाट केही समयअघि बाहिरिएर गठबन्धन दलको तर्फबाट उम्मेदवार भएका घनश्याम भुसाललाई समेत व्यंग्य गर्दै उनले ओलीलाई भुसालले पनि धुन नसकेको उल्लेख गरे ।
नेता भुसालतर्फ हेर्दै नेपालले भने, ‘उहाँले ओलीलाई धुन्छु भन्नु भएको थियो । साबुन पानीले धुँदाधुँदै पाखा लाग्नु पर्यो । मैले पहिले नै भनेको थिएँ ओली सुध्रिने वाला छैनन् ।’ आफूहरूले गठबन्धन गरेर मुलुकलाई निकै ठूलो संकटबाट बचाएको उल्लेख गर्दै अध्यक्ष नेपालले ओली नयाँ तानाशाह भएकाे आरोप लगाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया