बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

मालपोतका कर्मचारी पाँच हजार घूससहित पक्राउ

काठमाडौं– मालपोत कार्यालय डिल्लीबजारमा एक कर्मचारी पाँच हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । कार्यालय सहयोगी पाँचौ तहका होमनाथ खतिवडा  लिएको घूस रकमसहित पक्राउ परेका हुन् ।

उनले सेवाग्राहीसँग मोही लगतकट्टा गरेवापत सो रकम मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटेको टोलीले पक्राउ गरेको हो।उनीमाथि थप अनुसन्धान भइरहेको छ ।