सुदूरपश्चिमका ४१ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा थप ४१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला एक सय ४७ जनाको कोरोना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २३ जना, गोदावरी र टिकापुरकाका चार÷चार जना, लम्कीचुहाँ नगरपालीका, गौरीगंगा, जोशीपुर, बर्दगोरीया गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक जना, कृष्णपुर नगरपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । डडेल्धुरा, बाजुरा र अछामका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । अस्पतालमा अहिले ३३ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

प्रतिक्रिया