हात्तीको आक्रमणबाट युवकको मृत्यु
काठमाडौं – हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ डुमरवानाका ३१ वर्षीय रमेश महराको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो हात्तीले महरालाई आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार पर्सा जिल्ला ठोरी–५ सुर्वणपुरस्थित पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय रामभोरी भठ्ठा सेन्टर गढुवा लाईन पोष्टमा करार फणित दर्जामा कार्यरत कामिनी कली नामक हात्तीलाई चराएर हात्तीसारमा बाँध्ने क्रममा आक्रमण भएको हो ।
कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक गिरीले गम्भीर घाईते भएका महराको उपचारको क्रममा मृत्यु भएका जानकारी दिए । उनलाई तत्कालै प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरी टोलीले उपचारका लागि मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा ल्याएका थिए ।
मृतकको शव जाँच प्रकृति मुचुल्कालगायतको कार्य सम्पन्न भएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया