सरकारले न्यायालयको हुर्मत लियो : ओली

ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् ।
एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन् । उनले अहिलेका जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको उनले दाबी गरे ।
कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई घरमा थुनेको मात्रै होइन उनका छोरी बुहारी र भतिजीहरूलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको आरोप लगाए । उनले भने, ‘यी सबै व्यवस्थाको अन्त्यका लागि ४ मंसिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्छ । देश हार्ने या जित्ने यही दिन निर्णय हुन्छ ।’
उनले यो निर्वाचन सार्थक निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई पनि स्वागत गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया