ब्राण्ड प्रवर्द्धनमा महंगा साउथ अभिनेता, कसले कति पारिश्रमिक लिन्छन् ?

मुम्बई- साउथ स्टारको लोकप्रियता हालका दिनमा तीव्र गतिमा बढिरहेको छ । महेश बाबुदेखि लिएर अल्लू अर्जुनसम्मका साउथ स्टारलाई हिन्दी भाषी दर्शकले मन पराउने क्रम उल्लेख्य छ ।
यही कारण उनीहरूलाई ठूला ठूला ब्राण्डले प्रवर्द्धनका लागि प्रस्ताव गरिरहेका छन् । उनीहरूले ब्राण्डको प्रवर्द्धन गर्न मोटो रकम लिने गरेका छन् ।
प्रभास
यो सूचीमा प्रभास शीर्ष स्थानमा छन् । ‘बाहुबली’ पछि लोकप्रियताको उचाइमा पुगेका उनले एक विज्ञापनका लागि १८ करोड पारिश्रमिक लिन्छन् ।
महेश बाबू
‘टलिउड प्रिन्स’ महेशले हालसम्म हिन्दी बक्स अफिसमा पाइला चालेका छैनन । यसबाहेक पनि उनको उनको लोकप्रियता बढ्दो छ । एक विज्ञापनका लागि उनी १२ करोड रुपैयाँ पारिश्रमिक बुझ्छन् ।
अल्लू अर्जुन
अल्लू अर्जुन फिल्म ‘पुष्पा’ पछि घर घरमा लोकप्रिय छन् । उनी एक विज्ञापनबापत साढे सात करोड पारिश्रमिक लिन्छन् ।
राम चरण
‘आरआरआर’ स्टार राम चरण पनि ब्राण्ड कम्पनीको प्रिय बनेका छन् । उनी एक विज्ञापनका लागि ६ देखि ७ करोडसम्म पारिश्रमिक बुझ्छन् ।
नागार्जुन
नागार्जुन साउथको ठूला स्टार हुन् । उनी एक विज्ञापनका लागि दुई करोड रुपैयाँ पारिश्रमिक लिन्छन् ।
नागा चैतन्य
अभिनेत्री सामन्था रुथ प्रभुका पूर्वपति नागा चैतन्यको हातमा पनि थुप्रै विज्ञापन छन् । उनी एक विज्ञापनका लागि डेढ करोड पारिश्रमिक थाप्छन् ।
विजय देवरकोंडा
ब्राण्ड प्रवर्द्धनको मामलामा विजय देवरकोंडा पनि कम छैनन् । उनी एक विज्ञापनका लागि १ करोड रुपैयाँ पारिश्रमिक लिन्छन् ।

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

जुनु गौतमको 'यो माया' गीत सार्वजनिक

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

‘सन अफ सरदारः २’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुखी

अभिनेत्री कोइरालालाई बेलायतमा सम्मान

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

अवतारः ३ को पोस्टर सार्वजनिक, यसै वर्ष क्रिसमसमा हेर्न पाइने

प्रतिक्रिया