वीरेन्द्रनगरका शैक्षिक संस्था बन्द

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका शैक्षिक संस्थाहरू वैशाख मसान्तसम्मका लागि बन्द गरिने भएको छ । नगरपालिका क्षेत्रभित्रका विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम केन्द्रहरू बैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थिति नभई अन्य वैकल्पिक शिक्षण विधिबाट शैक्षिक गतिविधि संचालन गर्ने जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
कोभिड–१९ माहामारीको रूपमा फैलिदै गर्दा संक्रमण पनि बढ्दै गएकोले प्रशासन कार्यालयले यस्तो अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतको मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्दको बैठक यस्तो निर्णय गरेको हो ।
यस्तै शैक्षिक गतिविधिको लागि जिल्लाका अन्य पालिकाको हकमा संक्रमणको दर र जोखिमलाई मध्यनजरगरी सम्बन्धित पालिकाले व्यवस्था मिलाउनु पर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी विद्यालय तथा कलेजका पूर्वनिर्धारित परीक्षा कार्यक्रम जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गनुपर्ने प्रशासनले जनाएको छ ।
यस्तै सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम बैशाख मसान्तसम्म बन्द हुने भएका छन् । प्रशासनले परम्परागत संस्कृतिहरू मनाउँदा २५ जना भन्दा धेरै भेला गर्न नदिने जनाएको छ । जिल्लाका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण फैलन थालेपछि प्रशासनले शैक्षिक गतिविधिहरू भौतिक रूपमा उपस्थित नभई वैकल्पिक रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया