निर्वाचनका लागि उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ ।
आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरूलाई प्रशंसा पत्रसमेत प्रदान गरिने बताइएको छ ।

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

जुनु गौतमको 'यो माया' गीत सार्वजनिक

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

‘सन अफ सरदारः २’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुखी

अभिनेत्री कोइरालालाई बेलायतमा सम्मान

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

अवतारः ३ को पोस्टर सार्वजनिक, यसै वर्ष क्रिसमसमा हेर्न पाइने

प्रतिक्रिया