सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

दार्चुलामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, २ घाइते

दार्चुला- दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा करिब ८ बजेतिर ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक जना आगरका स्थानीय र एक जना चौधरी थरका चालक रहेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।