आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

आज धनगढी र सुर्खेतमा भेला गर्दै सत्ता गठबन्धन

काठमाडौँ- मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले देशभर प्रशिक्षण एवं भेला तीव्र पारेको छ । 

काठमाडौँ, ललितपुर, पोखरा, बुटवल, जनकपुरमा भेला आयोजना गरिसकेको पाँच दलीय गठबन्धनले आज कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा भेला आयोजना गर्दैछ । 

धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको माओवादी केन्द्रले तथासुर्खेतमा हुने भेलाको समन्वय कांग्रेसले गर्नेछन् ।

दुबै क्षेत्रको भेलालाई  कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।