कैलालीमा आंशिक निषेधाज्ञा

धनगढी : कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीमा स्थानीय प्रशासनले आशिंक रूपमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीकाअनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुनेछन् भने अन्य स्थानीय तहलाई पनि १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरिएको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङ फुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिइएको सूचना अधिकारी जोशीले बताए ।
उनकाअनुसार सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ । मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरागरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने भएको छ । यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतका संघसस्था विद्युतीय माध्यमबाट सञ्चाल न गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरागरी सञ्चालन गर्न निर्देशन दिइएको छ । आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारबाही हुने आदेशमा भनिएको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया