'तिम्रो मेरो साथ’को रोमान्टिक पोस्टर

निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु सिनेमा तिम्रो मेरो साथको पोस्टर सार्वजनिक भएको छ । निर्देशक पौडेल 'रुद्रप्रिया', 'राज्जा रानी', 'दुलही', 'तीन घुम्ती'लगायतका सिनेमा निर्माण गरेका थिए ।
आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको सिनेमाको पोस्टरमा अभिनेत्री साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा छन् । पोस्टरमा स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको देख्न सकिन्छ ।
सिनेमा आगामी पुस २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा पुष्प र साम्राज्ञीका अलवा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।
'रातो टीका निधारमा'पछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हलमा रिलिज हुने पहिलो सिनेमा हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ ।
आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।
तिम्रो मेरो साथमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया