पाल्पामा तिनाउ खोलाले बगाउँदा बालकको मृत्यु

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा तिनाउ खोलाले बगाएर तीन वर्षीय मायुस सारुको मृत्यु भएको छ । आइतबार दिउँसो दिदीसँग नुहाउन खोलामा गएका सारुको तिनाउ खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नुहाउने क्रममा खोलामा बेपत्ता भएका सारुलाई खोजी गर्ने क्रममा १ हजार ५ सय मिटर तल फेला परेका थिए । उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया