ट्रकको ठक्करबाट जगदम्बा स्टिलमा कार्यरत मजदुरको मृत्यु

बारा- बाराको सिमरास्थित जगदम्बा स्टिलमा कार्यरत एक मजदुरको सवारी दुर्घटनामा मृत्यु भएको छ । शनिबार राति जगदम्बा स्टिलमा कार्यरत करैयामाई गाउँपालिका-५ का ४० वर्षीय रामसुरच चौधरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको थियो । अस्पताल पुर्याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जगदम्बा स्टिलभित्र प्रवेश गर्न सडक छेउमा राखिएको प्रदेश २ ०३१६ नम्बरको लहरी ट्रकले सर्भिस लेनमा मजदुरलाई ठक्कर दिएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया