मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ

बारा- मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ गरेको छ ।
२ कात्तिकमा कलैयाको बरगाछीबाट प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको २ सय २० सिसिको कालो रातो रंगको पल्सर मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्को मोटरसाइकलमा फिट गर्न लुकाएर खोलेर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
पार्टसहरु खोलेर लुकाइछिपाई राख्ने कलैया उपमहानगरपालिका वडा नम्बर ८ निवासी २२ वर्षीय सोहेल अन्सारीलाई प्रहरीले कार्तिक ४ गते पक्राउ गरेको हो ।
बारा प्रहरीले विभिन्न मिति र विभिन्न स्थानबाट ५ थान मोटरसाइकल र अन्य २ जनालाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैजनागपुर निवासी २० वर्षीय राकेश प्रसाद यादव र बाराकै बारागढी गाउँपालिका ४ बस्ने २४ वर्षीय रामकिशोर हजरा रहेका छन् ।
पक्राउ परेकाहरु विरुद्ध चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीले बिआर ०५ ए एन २३०५, प्र २–०३–००९ प ६८९४ र ना ३५ प १३७२ नम्बरको ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया