पञ्चमहालक्ष्मीको विशेष पूजा आराधना सम्पन्न

काठमाडौँ- श्री पञ्चमहालक्ष्मी मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि श्री पञ्चमहालक्ष्मीको विशेष पूजा आराधना सम्पन्न भएको छ ।
सोमबार लक्ष्मी पूजाका अवसरमा विशेष रूपमा भक्तपुरस्थित उक्त मन्दिरमा पञ्चमहालक्ष्मीको पूजा आराधना सम्पन्न गरिएको हो । पाँच ओटा लक्ष्मीको विधिवत रूपमा पूजा आराधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा गरिएको हो ।
मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य आचार्यको संकल्पमा आयोजित सो पूजामा काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका ठाउँहरूको भक्तजनको सहभागिता रहेको थियो ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया