आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

थप १६ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ सय ५४ पिसिआर परीक्षणका क्रममा १४ जना र ५ सय ६३ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप ३५ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।