रुपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका थापालाई साझा उम्मेदवार बनाउने

बुटवल- निर्वाचन कार्यालयले खारेज गरिदिएपछि उम्मेदवारविहीन भएको रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई साझा उम्मेदवार बनाउने भएको छ ।
गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएपछि खाली भएको रुपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई साझा उम्मेदवार बनाउने भएको हो ।
आज अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति प्रकाशित गर्दै थापालाई साझा उम्मेदवार बनाउने जनाए । कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो ।
आयोगविरुद्ध सर्वोच्च पुगेका गुरुङको रिट सर्वोच्चबाट पनि खारेज भएपछि रुपन्देही २ सत्ता गठबन्धनको उम्मेदवारविहीन भएको थियो ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया