टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्याण्डमाथि भारतको ५६ रनको जीत

काठमाडौँ– अष्ट्रेलियामा जारी टि–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नेदरल्याण्डलाई ५६ रनले हराएको छ । पहिले ब्याटिङ गरेको भारतले नेदरल्याण्डलाई १८० को लक्ष्य दिएको छ । दोस्रो इनिङ्गमा ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्रै बनायो ।
भारतले निर्धारित २० ओभरमा १ सय ७९ रन बनाएको छ । भारतका लागि विराट कोहलीले ४४ बलमा दुई छक्का र तीन चौका ६२ रन बनाए । यस्तै सूर्यकुमार यादवले ५१, रोहित शर्माले ५३ र के एल राहुलले ९ रन बनाएका थिए । नेदरल्याण्डका लागि फ्रेड क्लासिन र बस डी लिडीले समाज १–१ विकेट लिए ।
नेदरल्याण्डका लागि सबैभन्दा बढी रन टिम प्रिंगलले बनाए । उनले १५ बलमा समान एक चौका एक छक्का सहित २० रन बनाए । कोलिन अकरम्यानले २१ बलमा एक चौकासहित १७ रन बनाए । त्यस्तै म्याक्स ओडाउड र बस डी लिडी र सरिज अहमदले समान १६ रनको योगदान गरेका थिए । त्यस्तै पउल भेन मिकरिनले १४, टोम कुपरले ९, स्कट एडवर्डले ५ विक्रमजीत सिंहले १ रन बनाए ।
भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्र अश्विनले समान २ विकेट लिए । महेमद सामीले एक विकेट लिए । जीतसँगै भारत समूहकाे पहिलाे स्थानमा उक्लिएकाे छ ।
दुई खेलमा दुवै खेल जितेर उसले चार अंक जाेडेकाे छ । अघिल्लो खेलमा भारतले पाकिस्तानलाई हराएकाे थियाे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया