पत्रकार पाण्डेको निधन

हेटौँडा- हेटौंडाका वरिष्ठ कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । हेटौंडा–४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो ।
उनको लिभर सिरोसिसको कारण केही महिनाअघि मात्र शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल रहेको थियो । उनको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन् ।
पत्रकार महासंघ, मकवानपुरका पुर्व अध्यक्ष पाण्डे हेटौडावाट प्रकाशित हुने प्रयास अर्ध साप्ताहिकलगायतको पत्रिकाको सम्पादनको भुमिकामा रहेका थिए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया