टेलर स्विफ्टले किन सम्पादन गरिन् ‘एन्टि हिरो’को भिडियो ?

लसएन्जल्स- गायिका टेलर स्विफ्टले सार्वजनिक भएको केही दिनमै भिडियो सम्पादन गरेकी छिन् । केही दिनअघि सार्वजनिक टेलरको गीत ‘एन्टि हिरो’को भिडियोको एक दृश्यलाई लिएर दर्शकले चित्त दुखाएको पाएपछि उनले पुनः सम्पादन गरेकी हुन् ।
सार्वजनिक हुने बित्तिकै संगीत जगतमा अनेक कीर्तिमान कायम गर्न सफल ‘एन्टि हिरो’को एक गीतमा टेलरलाई वजन नापिरहेको देखाइएको थियो जहाँ उनलाई ‘मोटो’ भएको संकेत देखाइन्छ र यो देखेर टेलरले मुख खुम्च्याएकी छिन् । दर्शकले यही दृश्यमा आपत्ति जनाएका हुन् । टेलरले मोटोपनको मजाक उडाएको भन्दै विरोध भएपछि उनले यो दृश्य सम्पादन गरेकी हुन् । यो भिडियोको निर्देशन पनि टेलर स्वयंले गरेकी थिइन् ।
‘एन्टि हिरो’ टेलरको नयाँ एल्बम ‘मिडनाइट’मा समावेश एउटा गीत हो । यो गीतले स्पटिफाईमा २४ घन्टामा सर्वाधिक सुनिने गीतको रेकर्ड कायम गरिएको थियो । स्रोताको चाप धेरै भएपछि स्पटिफाई केही समयका लागि ‘क्रयास’ भएको थियो । तर यो सफलतालाई मोटोपनको विवादले ओझेलमा पारेका थियो । धेरैले यसको आलोचना गरे पनि केहीले भने टेलरले आफ्नो शरीरको समस्यालाई अभिव्यक्त मात्र गरेको भन्दै उनको समर्थन गरेका थिए ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया