एमालेले बहुमत प्राप्त गर्छ : अध्यक्ष ओली

सुरुङ्गा (झापा)- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । एमाले र राप्रपाले भद्रपुरमा आज आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त सरकार गठन गर्ने बताए ।
अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले नेकपा एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको बताउँदै सबै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्न आग्रह गरे । यता राप्रपाका अध्यक्ष लिङ्देनले राप्रपालाई निर्वाचनमा जिताउन आग्रह गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया