नेपाल युरोपेली युनियन चलचित्र महोत्सव शुक्रबारदेखि सुरु, १३ युरोपेली र ३ नेपाली फिल्म प्रदर्शन हुँदै

काठमाडौँ - नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करणको शुक्रबार औपचारिक उद्घाटन भएको छ । युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले शक्रुबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा छोटो मन्तव्य राख्दै महोत्सवको समुद्घाटन गरेकी थिइन् । यो क्रममा उनले महोत्सव कलाको प्रदर्शनीसँगै संस्कृति आदान प्रदानका लागि उपयुक्त माध्यम भएको बताउँदै महोत्सवमा देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने बताइन् ।
उनले यो पटकको महोत्सव हाइब्रिड मोडलमा सञ्चालन हुने जानकारी गराउँदै दर्शकले चलचित्र विकास बोर्डको हलमा र अनलाइन पनि हेर्न सकिने जानकारी गराइन् । यसका साथै राजदूत नोनाले महोत्सव पहिलोपल्ट काठमाडौँबाहिर सुर्खेतमा पनि गर्न लागिएको जानकारी गराएकी थिइन् । महोत्सवको सद्भावना दूत रहेकी अभिनेत्री केकी अधिकारीले दसैँ र तिहार सकिएपछि फिल्म महोत्सवको रुपमा सिर्जनाको पर्व सुरु भएको धारणा राखेकी थिइन् ।
केकीले युरोपियन फिल्म महोत्सवले फिल्मकर्मीमा शिल्प निर्माणको अवसर प्रदान गर्नुका साथै दर्शकमा सिनेमा साक्षरता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । शुक्रबार उद्घाटनसँगै १ घन्टा समयावधिको रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’ ’शीर्षकको फिल्म देखाइएको थियो । डकुमेन्ट्री श्रेणीको फिल्ममा ब्रसेल्सको मोलेनबिक क्षेत्रमा हुर्किरहेका बच्चाहरूको आँखाबाट त्यो क्षेत्रमा बसोबास गरिरहेका मुसलमान समुदायको संकटलाई देखाइएको थियो । ब्रसेल्सको सो ठाउँलाई जिहादी उत्पादन गर्ने कारखानाको रुपमा लिने गरिएको कथा फिल्मले प्रस्तुत गरेको छ ।
शनिबारबाट मंगलबारसम्म नियमित चल्ने महोत्सवमा शनिबार लघु र फिचर गरी ४ फिल्म देखाइँदैछ भने शनिबार नै आर्काइभमाथि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा गाइ बोर्ली र उलासा गुरुङबीच छलफल चल्नेछ । आइतबार पनि चार फिल्मसँगै वातावरण संरक्षणमा फिल्मको भूमिकाको विषयमा ह्युगो मेज र रोशनी अधिकारीबीच छलफल हुनेछ ।
महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रर्दशन हुनेछन् । सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिने छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया