‘इंग्लिस समर्थकले सुपर लिग आयोजकलाई घुँडा टेकाए’

काठमाडौँ: मंगलबार राती इंगल्यान्डका छ ठूला क्लबले युरोपियन सुपर लिगमा नलिने घोषणा गरे । इंगल्यान्डमा सुपर लिगको व्यापक विरोध भएपछि लिभरपुल, म्यानचेस्टर युनाइटेड लगायतका क्लबहरू पछि हटेका हुन् । ती क्लबहरूको निर्णयप्रति बेलायती अखबारहरूको टिप्पणी सटिक छ । उनीहरुले लेखेका छन्, ‘लालचले हार व्यहोरेको छ ।’
सुपर लिग गएका केही दिन बेलायती मिडियाको हेडलाइन बन्यो । स्पेन र इटालीका अखबारहरूमा पनि सुपर लिगले ठूलै स्थान पायो । कारण थियो इंग्लिस बाहेक स्पेनी र इटालियन क्लबहरू पनि सुपर लिग आयोजनमा गर्न कस्सिएका थिए ।
इंगल्यान्डका छ ठूला क्लबबाहेक रियल म्याड्रिड, बार्सिलोना, एथलेटिको म्याड्रिड पनि सुपर लिग आयोजना गर्ने समूहमा थिए । त्यस्तै इटालीका दुई मिलान क्लब र युभेन्टस पनि सुपर लिगको संस्थापक समूहमा थिए । इंग्लिस क्लबहरूले सुपर लिगबाट हात झिकेपछि अब स्पेन र इटालीका तीन-तीन क्लब मात्रै त्यस समूहमा बाँकी छन् ।
इंगल्यान्डका अखबारहरूले सुपर लिगकै कारण सबै छ ठूला क्लबका समर्थक समूहहरु एकजुट भएको भनेर व्यङ्ग्य पनि गरेका छन् । बेलायतकै सबैभन्दा ठूलो ट्याब्लोइड दी सनले ‘समर्थकहरुको जित’ भनेर लेखेका छन् । उता दी सनको प्रतिद्वन्द्वी दी स्टारले पनि इंग्लिस समर्थकहरूको प्रशंसा गरेको छ । त्यस्तै, दी डेली मेलले ‘लालचको हार’ भनेको छ भने डेली मिररले ‘फुटबलमा नयाँ आशा’ लेखेको छ ।
उता फ्रान्सको लोकप्रिय अखबार एल इक्युपेले इंग्लिस फुटबल समर्थकहरूले सुपर लिगलाई फेल गराएको लेखेको छ । उसले पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखले सुपर लिगमा भाग लिन सुरुबाटै इन्कार गरेकोमा प्रशंसा पनि गरेको छ ।
स्पेनको मार्काले इंग्लिस समर्थकहरुको विरोधकै कारण सुपर लिग रोकिएको लेखेको छ । ‘इंग्लिस समर्थकहरुकै कारणले सुपर लिग आयोजकहरूले घुँडा टेकेका छन्,’ मार्काले भनेको छ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया