सलोनको 'मीलन' अब मंसिर ९ मा रिलिज हुने
काठमाडौं - प्रेमकथामा निर्माण भएको चलचित्र ‘मीलन’को प्रदर्शन मिति हेरफेर भएको छ । अब यो चलचित्र तिनसाता पछि मंसिर ९ गतेबाट प्रदर्शन हुने पक्का भएको हो । यसअघि कार्तिक १८ गतेबाट प्रदर्शन हुने भनिएको थियो ।
चलचित्रका निर्देशक तथा लेखन टेक पौरखी राईले एकै मितिमा दुई नेपाली चलचित्र प्रदर्शन गर्दा नेपाली चलचित्र क्षेत्रलाई नै असर पर्ने र अग्रज चलचित्रकर्मिहरुको सल्लाह अनुसार प्रदर्शन मिति सारिएको बताए । अहिलेसम्म मंसिर ९ मा नेपाली चलचित्र ‘मीलन’ मात्र प्रदर्शनको तालिकामा छ ।
केहि समय अघि ‘मीलन’को प्रेम र बिछोडले भरिएको ट्रेलर ‘टाकुरा फिल्मस्’ युट्युव मार्फत सार्वजनिक गरिएको थियो । साथै यसअघिनै चलचित्रमा समावेश ‘तिम्रो इसारा काफि छ’ बोलको गीत सार्वजनिक गरिएको थियो । जुन गीत लोकप्रिय बन्दै गएको छ ।
चलचित्रमा अभिनेता सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय रहेको छ । यसै चलचित्रबाट कुशल र शिल्पाले डेब्यु गरेका हुन् । साथै चलचित्रमा सुमिन गुरुङ, शिशिर बाङ्ग्देल, बिशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । प्रविन थापा चलचित्रका निर्माता हुन् ।
काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्र राहुल राईको छायांकन रहेको छ भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ । चलचित्रमा समावेश तीनवटा गीतमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया