पंकज त्रिपाठी ओटीटीमा नम्बर वन स्टार

मुम्बई - पंकज त्रिपाठी ओटीटीका नम्बर वन स्टार मानिएका छन् । ओटीटी स्टारको रेटिङमा सर्वाधिक नम्बर पाउँदै पंकज त्रिपाठी एक नम्बर घोषित भएका हुन् । आमेक्स मिडियाले ४ महिनामा ओटीटीमा सार्वजनिक फिल्म तथा सिरिजलाई लिएर गरेको सर्वेक्षणमा दर्शकले पंकज त्रिपाठीलाई सबैभन्दा बढी नम्बर दिएका हुन् । आमेक्सले यही सालको जुलाइदेखि सेप्टेम्बरसम्ममा रिलिज फिल्म तथा सिरिजलाई लिएर सर्वेक्षण गरेको हो । पंकज त्रिपाठी गत वर्ष पनि ओटीटीमा एक नम्बर रुचाइएका अभिनेता मानिएका थिए ।
दोस्रो नम्बरमा भने मनोज बाजपेयी अटाएका छन् । उनको यो साल ‘फेमिलीमेन २’ सार्वजनिक भएको थियो । ‘पञ्चायत २’ र ‘जादूगर’ जस्ता फिल्ममा देखिएका जितेन्द्रकुमार तेस्रो स्थानमा छन् । चौथो नम्बरमा भने दर्शकले दक्षिण भारतीय अभिनेत्री सामान्थालाई राखेका छन् । सामान्था पनि ‘फेमिलीमेन २’मै देखिएकी थिइन् ।
सर्वेक्षणले पाँचौँ स्थानमा भने नवाजुद्धिन सिद्धिकीलाई देखाएको छ । तर नवाजुद्धिनले अबदेखि ओटीटीमा मात्र सार्वजनिक हुने फिल्म नगर्ने बताइसकेका छन् । छैटौँ र सातौँ नम्बरमा क्रमशः अजय देवगन र राधिका आप्टे छन् । आठौँ नम्बरमा भने मिथिला पालकारले ठाउँ बनाएकी छिन् । नवौँ र दसौँ नम्बरमा अली फजल र बबी देओल छन् । आमेक्सले हरेक चार महिनामा श्रेणी सूची सार्वजनिक गर्ने गरेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया