लोकतन्त्रको स्थायित्वका लागि गठबन्धन : प्रधानमन्त्री देउवा

लण्डन- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को निर्वाचनसम्ममा विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदानमा सहभागी गराउन कानुनी व्यवस्था गर्न पहल गरिने बताएका छन् ।
देउवाले नेपाली कांग्रेस अन्तर्गतको चुनाव प्रचार-प्रसार समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
देउवाले लोकतन्त्रको स्थायित्वको लागि आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताए । उनले मंसिर ४ गते हुने निर्वाचनमा सक्रिय रहेर गठबन्धनलाई जिताउन आह्वान गरे । देउवाले आर्थिक समृद्धि र विकासलाई अघि बढाउने जिम्मेवारी नेपाली कांग्रेसमा आएको बताए ।
कार्यक्रममा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीहरूको हितमा नेपाली कांग्रेसले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै गैरआवासीय नेपाली नागरिकताको माग आगामी संसदीय निर्वाचनपछि सम्बोधन हुने बताए ।
उनले नेपालमा लगानी भित्र्याउन आवश्यक ऐन कानुनमा संशोधन गर्न नेपाली कांग्रेसले सहजीकरण गर्ने बताए । डा. महतले कांग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने नीति लिएको दाबी गरे । निर्वाचनपछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा देशअघि बढ्ने डा. महतको भनाइ थियो ।
कार्यक्रमको संयोजन नेपाली कांग्रेसका केन्द्रीय नेता किरण पौडेलले गरेका थिए । कार्यक्रममा विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, पार्टीका केन्द्रीय सदस्यलगायतको बाक्लो उपस्थिति थियो ।

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिबेशन सम्पन्न

इटहरीका गिरीको एनआएरन अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा उ…

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

प्रतिक्रिया