पूर्वमन्त्री गौतमको निधन

तनहुँ : जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका-१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो ।
करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।
भूमिसुधारमन्त्री तथा पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अथक योद्धा गौतमको निधनले सिङ्गो तनहुँवासीलाई स्तब्ध बनाएको उनले बताए । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन् । (रासस)

वाइसीएलका अध्यक्षमा पुष्प ओली

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

प्रतिक्रिया