रुपन्देहीमा कारले ठक्कर दिँदा ३५ दिने शिशुसहित तीनकाे मृत्यु, फरार चालककाे खाेजी जारी

बुटवल । रुपन्देहीको सदरमुकाम भैरहवाबाट परासीतर्फ जादै गरेको कारले स्थानीयलाई ठक्कर दिँदा एक शिशुसहित ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया -४ पननीमा भएको दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवा तर्फबाट गएको गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडीसहित फरार भएका चालक अझै पक्राउ परेका छैनन् । मृतक र घाइते एकै गाउँको रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मृतकहरु ओमसतिया –४ पननीकै वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेका छन् ।
त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिएपछि फरार भएको गाडीबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ भने सडकमा भएका सिसिटिभीहरुकोबाट भिडियो क्लीपले गाडीको पहिचान भने भइसकेकाे प्रहरीले जनाएकाे छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया