एकीकृत समाजवादीले कांग्रेसको भन्दा १५० युनिट बढी बिजुली नि:शुल्क दिने

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै मासिक २ सय युनिट विजुली निःशुल्क दिने घोषणा गरेको हो । सोमबार तिनकुने स्थित पाटीकार्यलयबाट घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले यस्तो निणर्य गरेको हो ।
‘तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने,’ विज्ञप्तिमा लेखिएको छ, ‘तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र विजुली उपभोगमा सहुलियत दिन पहल गरिने छ ।’ यस अघि कांग्रेसले मासिक ५० युनिट विजुली निशुल्क दिने संकल्प गरेको थियो ।
घोषणापत्रमा गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउने उल्लेख गरिएको छ । ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने,’ घोषणा पत्रमा लेखिएको छ, ‘जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने गरि व्यवस्था मिलाइने छ । यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेका, गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया