निर्वाचनपछि पनि सत्तारूढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न सकिँदैन : बेदुराम भुसाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनपछि पनि सत्तारूढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न नसकिने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो टिप्पणी गरेका हुन् । उनले सत्तारूढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरूले चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको कुरा त्यही भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर पनि जनताको प्रतिनिधिको रूपमा त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
गठबन्धन यही रहने र आफ्नो पार्टी पनि सरकारमा जाने परिस्थिति बन्यो भने पार्टीको नीति, कार्यक्रम र चुनावी घोषणा पत्रका प्रतिबद्धता सरकारमै रहेर कार्यान्वयनका लागि पहल गर्ने महासचिव भुसालको भनाइ थियो । महासचिव भुसालले आफूहरूले घोषणा पत्रमा पार्टी सरकारमा नरहने परिस्थिति आयो भने पनि जन प्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्नै कुरा उल्लेख गरिएको स्पष्ट पारे ।
महासचिव भुसालले आधारभूत तहको शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन पनि आफूहरूले पहल गर्ने कुरा घोषणा पत्रमा समावेश गरिएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया