कात्तिक नाच आइतबार रातिबाट सुरु

काठमाडौँ- ललितपुरको ऐतिहासिक कात्तिक नाच आइतबार रातिबाट सुरु भएको छ ।
३ सय ८१ वर्षदेखि निरन्तर रूपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यस वर्ष १० दिनसम्म चल्नेछ । कात्तिक नाच संरक्षण समितिका अनुसार सुरदास प्याँख देखाएर कात्तिक नाच सुरु भएको हो । विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक–फरक नाचहरू देखाइने गरिन्छ ।
नाचमा दैत्य जगाउने परम्परा छ । कात्तिक नाच कात्तिक २२ गते दधिलिलाको नाच देखाएर समापन गरिनेछ । कात्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार कात्तिक २० गते देखाइनेछ ।
यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको समितिले जनाएको छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया