नेकपा सचिवालय बैठक शुक्रबार बस्ने, मिल्ला त विवाद ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपाअध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार अपरान्ह बैठक बोलाएको जानकारी दिए ।
नेकपामा केही समयदेखि चरम विवाद छ । विवाद समाधानका लागि ओलीलाई नेकपाका नौ सदस्यीमध्य पाँच जना सदस्यले गत २२ गते बैठक राख्न दुई दिनको म्यादसहित लिखित पत्र दिएका थिए । दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले दिएको उक्त म्याद पनि सकिएको छ । नेकपाका एक नेताका अनुसार सोही समयमा ओलीले बैठक नराखे आफुहरुले बैठक राख्ने चेतावनी दिएका थिए ।
दाहाल-नेपाल समूहले दबाब दिएपछि ओलीले आइतबार विष्णु पौडेल, डा. भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र घुजी पन्तलाई बालुवाटार बोलाएर छलफल गर्न खोजेका थिए । तर पूर्वमाओवादी समूह भने गएनन् ।
शनिबार पाँच सदस्यले बैठक बोलाउन लिखित पत्र नै ओलीलाई बुझाएपछि आइतबार माधवकुमार नेपाललाई बालुवाटारमा बोलाई छलफल गरेका थिए । बैठकमा ओलीका तर्फबाट खास तथा ठोस प्रस्ताव नआए पनि नेता नेपालको धारणा बुझ्ने काम मात्र भएको बैठकमा सहभागी पूर्व मन्त्री एवं नेता सुरेन्द्र पाण्डेले बताएका थिए । ‘उहाँ (ओली) बाट ठोस प्रस्ताव केही आएन, हाम्रा धारणा सुन्ने काम मात्र भयो,’ बैठकपछि स्थायी कमिटी सदस्य पाण्डेले इकागजसँग भनेका थिए ।
आइतबार अन्तरपार्टी विवादलाई माक्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउनसमेत आयोगका अध्यक्ष अमृतकुमार बोहोराले सुझाएका थिए । उनले पार्टी समितिका आधिकारिक निकायलाई गतिशील तुल्याइ विभाजन जस्ता सुन्न नसकिने कुरा सार्वजनिक नगर्न सुझाव दिएका छन् ।
अध्यक्ष बोहोराले गत भदौ २६ को स्थायी समित बैठकका निर्णय कार्यान्वयनमा लैजान सुझाएका थिए । त्यसका लागि नेतृत्वलाई तत्परता देखाउन आग्रह गर्दै बोहोराले समृध्द समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नजान सुझाएका छन् । ‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रुपमा एकताबध्द बनाऔं,’ उनले भनेका छन, ‘पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गरौँ ।’
उनले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको विषय नेतृत्वले भुल्न नहुने उल्लेख गरेका छन् । समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई नेतृत्वले इन्कार गर्न नहुँने भन्दै पार्टीमा अहिले देखिएको किचलो र आरोप प्रत्यारोपणले कार्यकर्ता दुःखी बनेको बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टी पंक्तिलाई निराश पार्ने ‘गालिगलौज’ ‘निन्दा भत्र्सना’ ‘आरोप-प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरू सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन,’ विज्ञप्तीमा भनिएको छ,‘यो हाम्रा लागि गम्भीर चिन्ताको विषय हो । हामीसँग आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा माक्सवादी परम्परा रहेका छन् । विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु हामीसँग छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु ।' विधि र पध्दति पार्टीका प्राण हुन भन्दै विज्ञप्तीमा उल्लेख छ, ‘पध्दति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधान अनुसार विधि पध्दतिको पालना गर्दैनौ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ?’
नेकपा केन्दीय कमिटीको बैठक यही कात्तिक १५ गते बस्ने तय भएको थियो । तर नेताहरुबीच बढ्दो विवादका कारण केन्द्रीय कमिटी बैठक एक महिना पर धकेलिएको छ । यसको असर आगामी चैतमा गर्ने भनिएको नेकपाको एकता अधिवेशनसम्म पर्ने देखिन्छ ।
कर्णालीमा आफ्नै पार्टीका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव गरेपछि चुलिएको विवाद हाल उत्कर्षमा पुगेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले आफू खुसी मन्त्रिपरिषद पुनर्गठन र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेपछि ओली दाहालबीच अविश्वास बढेको छ ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_GwdwLjwOfM_ow1bbvppo2bimcqrtelhtjey5dfh7r2vnxosqerdfl19k4fskkqpqzfmekhn.jpg)
प्रतिक्रिया