रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

रौतहट- रौतहटको बृन्दावन नगरपालिका–६ हर्षाहामा हिजो बेलुकी नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
दुर्घटनामा रौतहटकै वौधिमाई नगरपालिका–३ इनरबारि वस्ने १८ वर्षीय जितेश राय यादवको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको न्युरो अस्पताल वीरगंजमा मृत्यु भएको प्रहरी चौकी हर्षाहाले जनाएको छ ।
अर्का घाइतेको सोही अस्पतालमै उपचार भइरहेको छ ।
प्रदेश २–०३–०२० प ६९२४ नम्बरको मोटरसाइकललाइ नम्बर नखुलेको सवारी साधनले हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो । शंकाष्पद एउटा सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया