सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

एमालेको घोषणापत्र :  आगामी ५ वर्षभित्र जीडीपी १०० खर्ब रुपैयाँ पुर्‍याउने

काठमाडौँ- नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । 

उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँ पुर्‍याउने दाबी गरिएको छ । 

अहिले करिब ४८ खर्ब जीडीपी रहेको भन्दै यसलाई वृद्धि गरेर १०० खर्ब रुपैयाँ पुर्‍याउने एमालेले दाबी गरेको हो । 

‘हालको करिब रु. ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जीडीपी)लाई आगामी पाँच वर्षभित्र रु. १०० खर्ब पुर्‍याउनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।