सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

तिलगंगामा बसको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु

काठामाडौँ- काठमाडौँको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाडौँ महानगरपालिका-८ तिलगंगास्थित सडकमा बा.४ ख ९३९६ नम्बरको बसले बा.९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिएकाे थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौँ नयाँबानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौँ लैनचौर बस्ने २६ वर्षीया गंगा मगरको सोही अस्पतालम उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।