महोत्तरी- १ मा नेकपा एसले मित्रवत् प्रतिस्पर्धा गर्ने

महोत्तरी- गठबन्धनले क्षेत्र नम्बर १ (क) मा लोसपाका पिताम्बर महतोलाई साझा उम्मेदवार बनाएता पनि नेकपा एसले मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ ।
नेकपा एसका अध्यक्ष माधव नेपालको निर्देशनमा सुरेश राउतले गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका हुन् ।
गठबन्धनभित्रैबाट प्रदेशसभा (क) मा २ जना प्रतिस्पर्धी बन्ने भएका छन् । गठबन्धनभित्रका दल नेकपा एस र लोसपाको फरक-फरक उम्मेदवारको मनोनयन दर्ता भएपछि गठबन्धनले केही दिन अगाडि लोसपाका उम्मेदवारलाई वैधता दिने निर्णय गरेको थियो ।
चुनावी प्रचारप्रसारमा निक्कै अगाडि बढिसकेको र मतदाताहरूमा अन्योल सिर्जना नहोस् भन्ने उद्देश्यले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरिएको उम्मेदवार सुरेश राउतले जानकारी दिए ।
प्रतिनिधि सभाका साझा उम्मेदवार गिरिराजमणी पोखरेललाई नै भोट मागिरहेको र प्रदेशमा भने आफ्नै लागि भोट मागेको उनको भनाइ छ ।
राउतको मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयले साझा उम्मेदवार पिताम्बर महतोलाई चुनौती थपिएको छ । गठबन्धन भित्रैको दलले छुट्टै उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेपछि महतोलाई चुनौती थपिएको नेता बताउँछन् ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया