पर्यटन प्रवर्द्धनका लागि थाहा नगरपालिकाले फोटो प्रदर्शनी गर्ने

मकवानपुर- मकवानपुरको थाहा नगरपालिकाले थाहा फोटो प्रदर्शनी गर्ने भएको छ । पर्यटन प्रवर्द्धनका लागि थाहा नगरपालिकाले काठमाडौँको बसन्तपुरको कालभैरव डबलीमा थाहा ३ दिन फोटो प्रदर्शनी गर्ने भएकाे हाे । थाहा फाेटाे प्रदर्शनी कार्तिक १८, १९ र २० गते आयोजना गर्न लागिएको थाहा नगरपालिकाले जनाएकाे छ ।
पर्यटन प्रवर्द्धनका लागि फोटोको माध्यमबाट प्रचारप्रसार गरेर घुम्न आउने पर्यटकका लागि प्रेरित गर्ने उद्देश्यसहित ३ दिने फोटो प्रदर्शनी आयोजना गर्न लागिएको थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्टले जानकारी दिए । प्रदर्शनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमशृङखलाको दृश्यावलोकन, ऐतिहासिक मठमन्दिर, पार्टी पौवा, सभ्यता संस्कृति, धार्मिक क्षेत्र मेला जात्रा, ग्रामीण जीवनशैली, स्वच्छ तथा सफा वातावरणका फोटोहरू राखिने नगरप्रमुख बिष्टले बताए ।
फोटो प्रदर्शनी काठमाडौँ उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरू, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरेर आयोजन गरिएको हो । प्रदर्शनीमा थाहा र इन्द्रसरोवरका विभिन्न विधाका करिब एक सय तस्बिरहरू अवलोकनका लागि राखिने छ । यसैगरी तस्बिरका बारेमा जानकारी खुल्ने लेख समेत राखिने भएकाे छ । कार्यक्रम स्थलमा सूचना केन्द्र समेत स्थापना गरिने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी प्रदर्शनीमा राखिएका विभिन्न फोटोहरूका बारेमा जानकारी दिन स्वयंसेवकहरू समेत व्यवस्था गरिने छ । प्रदर्शनी प्रत्येक दिन बिहान १० देखि साँझ ४ बजेसम्म हुने बताइएकाे छ । कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कार्तिक १८ गते बिहान साढे ११ बजे गर्ने भएका छन् । थाहा फाेटाे प्रदर्शनी, २०७९ का संयोजन इन्द्रबहादुर श्रेष्ठले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्णमा आग्रह गरेका छन् ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया