पोखरामा १६ देशका भूगर्भविद्हरू भेला

पोखरा- पोखरामा भूगर्भविद्हरूको ३५ औं अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल भौगर्भिक समाजको आयोजनामा सुरु भएको सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन् ।
हिमालय काराकोरम टिबेट वर्कशप नाम दिइएको सम्मेलन कात्तिक १९ गतेसम्म चल्नेछ । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले हिमालय क्षेत्र काखमा सम्मेलन आयोजना गरिनुले धेरै अर्थ राख्ने बताए । गण्डकीमा सम्मेलन आयोजना गर्दा प्रयोगात्मक रूपमा धेरै फाइदा हुने उनको भनाइ थियो । सम्मेलनले निकालेको निष्कर्ष र सुझावका आधारमा प्रदेशले आयोजकसँग सहकार्य गर्दै जाने उनले प्रतिबद्धता जनाए ।
यस्तो सम्मेलन नेपालमा भएको यो तेस्रोपटक हो । यसभन्दा अघि काठमाडौँमा दुईपटक अन्तर्राष्ट्रिय सम्मेलन भइसकेको छ । पोखरामा भएको तेस्रो सम्मेलनमा भुटान, पाकिस्तान, वर्मालगायतका हिमालयनमा पर्ने १६ देशका दुई सय ५० भन्दा बढी भूगर्भविद्हरू सहभागी रहेको कन्भेनर डा. कविराज पौड्यालले जानकारी दिए । उनीहरूले १ सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुति र १२ वटा विशेष बहसमूलक कार्यक्रम गर्नेछन् ।
कार्यक्रमका अवसरमा मुस्ताङको कागवेनीसम्म स्थलगत अवलोकन गरिने गण्डकी प्रदेश संयोजक नवराज न्यौपानेले बताए । पृथ्वीलाई सन्तुलिन बनाइराख्नका लागि भूगर्भविद्, इन्जिनियर र वातावरण विज्ञको सामूहिक भेला यो पटक पोखरामा आयोजना गरिएको उनले जानकारी दिए ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_DYeRyqulfY_amqxumvg9c8dsvvan66yt7tvydntzoqmja20pj9msgqw3k4fumwg5xfkkco5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया