सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौँ महानगरको निर्णय

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सबै वडाहरूमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ ।
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औँपचारिक जानकारी गराएकी हुन् । बुधबार काठमाडौँमा आयोजित ‘काठमाडौँ महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ताभित्र सबै वडाहरूमा गठन गरिसक्न पनि वडाहरूलाई निर्देशन दिइन् ।
महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दाखेरि पुरुषहरूमाथि कुनै पनि किसिमको विभेद नहुने पनि पटकपटक दोहोर्याए ।
काठमाडौँ महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरूमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन् ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया